बागमतीका सभामुखको दाबी– 'मुख्यमन्त्रीको विश्वासको मत फेल गर्न दबाब आएको छ'शनिबार, चैत १७, २०८०

भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए: कोइराला शनिबार, चैत १७, २०८० नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालीन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन्। साथै एमालेलाई साथमा लिएर सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गराउन खोजेको पनि उनले बताए। दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४...

इलाम-२ मा आज औपचारिक उम्मेदवारी घोषणा गर्दै रास्वपा शनिबार, चैत १७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ।रास्वपाबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भइसकेको छ।पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो।

इलाम २: कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी, माओवादीले आज निर्णय गर्दै शनिबार, चैत १७, २०८० प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनले चुनावी माहोल तातेको छ।

कांग्रेस सभापति देउवाले गरे दिवङ्गत नेता खुमबहादुरको प्रशंसा, भने- भ्रष्टाचारको झुटो मुद्दामा फसाइयो शुक्रबार, चैत १६, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन्।लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुटो मुद्दामा फसाइएको दाबी गरे।

समानुपातिक सांसद सापकोटालाई जनमत पार्टीले पदबाट हटाउन नमिल्ने, के हो विवाद? शुक्रबार, चैत १६, २०८० प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन गरेको पत्राचार त्रुटीपूर्ण रहेको ठहर गरेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो। तर सभामुख...

यि हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय शुक्रबार, चैत १६, २०८० मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ। आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र...

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा शुक्रबार, चैत १६, २०८० नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो।सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो। गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रधानमन्त्री भन्छन्– प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको समस्या चाँडै समाधान गरिनेछ शुक्रबार, चैत १६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा ३ तहबीच राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी गराएका छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ३ तहबीच राजस्व बाँडफाँटका सम्बन्धमा उठेका विभिन्न सवालका विषयमा...

इलाम २ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टरले गर्यो बर्खास्त शुक्रबार, चैत १६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा उम्मेदवार बनाएका मिलन लिम्बूलाई नेकपा माओवादी केन्द्र निकट प्रेस संगठनले बर्खास्त गरेको छ।उनी माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए। त्यस्तै, लिम्बू माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए।

प्रधानमन्त्री प्रचण्डले भने– आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु शुक्रबार, चैत १६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षका लागि नीति तथा कार्यक्रम बजेट निर्माणमा आफैँले कमान्ड लिने गरी तयारी गरेको बताएका छन्। हेटौँडामा जारी नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कोतिर कुद्न चाहँदा निकै जटिल भएको बताए। सोही कारण...

सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता शुक्रबार, चैत १६, २०८० चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो। महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति: शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए।

इलाममा जित्ने पात्र छानेर निर्वाचनमा होमिन प्रचण्डको निर्देशन शुक्रबार, चैत १६, २०८० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले इलाम २ को निर्वाचनमा उपयुक्त उम्मेदवार छानेर निर्वाचनमा होमिन निर्देशन दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई भेट्न पुगेको नेकपा माओवादी केन्द्र इलामका इन्चार्ज धीरेन्द्र शर्मासहितको टोलीसँग कुरा गर्दै प्रचण्डले जनभावना अनुसार उपयुक्त उम्मेदवार छनोट गरी निर्वाचनमा जुट्न निर्देशन दिए। प्रचण्डले इलाम पुराना नेताले छहारी...