News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम २ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टरले गर्‍यो बर्खास्त
तस्बिर: मिलन लिम्बूको फेसबुकबाट।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा उम्मेदवार बनाएका मिलन लिम्बूलाई नेकपा माओवादी केन्द्र निकट प्रेस संगठनले बर्खास्त गरेको छ।

उनी माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए। त्यस्तै, लिम्बू माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए। 

Prabhu Bank

प्रेस सेन्टरले हिजो एक विज्ञप्ति जारी गरी उनलाई संगठनको जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ। सेन्टरका महासचिव सन्तोष पौडेलद्वारा जारी विज्ञप्तिमा लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामा अभिव्यक्ति दिएको तथा अनुशासनविपरीत गतिविधि गरिरहेको उल्लेख छ। 

‘पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:४१
Weather Update