News Griha :: न्यूजगृह
प्रहरी समायोजन ऐन जतिसक्दो छिटो अघि बढाउँछौँ : उपप्रधानमन्त्री लामिछाने
प्रहरी समायोजन ऐन जतिसक्दो छिटो अघि बढाउँछौँ : उपप्रधानमन्त्री लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन नभएका कारण प्रदेशहरूले काम गर्न नसकेको बताएका छन्।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा भने प्रहरी समायोजन मात्रै कारण नभएको बताए।
बागमती सरकार विस्तार, हानेपाका बज्राचार्यले लिए शपथ
बागमती सरकार विस्तार, हानेपाका बज्राचार्यले लिए शपथ हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर बागमती प्रदेश सरकार विस्तार भएको छ। आजै हाम्रो नेपाली पार्टी (हानेपा) को तर्फबाट प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको रुपमा शपथग्रहण गरेका छन्।
राप्रपा उम्मेदवार गुरुङको योजनाः विदेशमा भएको अभ्यास भित्र्याउन पहल गर्ने, झुटो आश्वास नबाँड्ने
राप्रपा उम्मेदवार गुरुङको योजनाः विदेशमा भएको अभ्यास भित्र्याउन पहल गर्ने, झुटो आश्वास नबाँड्ने उनले सुवास नेम्वाङले नेपाली राजनीतिमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै उहाँको निधनपछि इलामलाई धेरै क्षति पुगेको बताए। ‘राष्ट्रिय छवि बनाइएको व्यक्ति सुवास नेम्वाङ गुमेपछि यहाँ ठूलो ग्याप भयो। अब हामी युवाले नै त्यो ग्याप पूरा गर्नुपर्छ भन्ने लागेर म त्यति बेलादेखि नै भेटघाटमा सक्रिय भएको छु,’ उनले भने, ‘हामी अघिदेखि...
इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू
इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। ‘इलाम २ का लागि प्राइमरी इलेक्सनको सूचीमा राखिएकालाई बोलाएर छलफल गरेका थियौँ’, रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलपछि मिलन लिम्बूलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ।’
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्।उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन्। सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो। सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन्।
राप्रपाबाट उम्मेदवार सिफारिस लक्ष्मी गुरुङ भन्छ्न्: जनतालाई झुटो आश्वास बाँड्दिन, गर्नुपर्ने धेरै छ
राप्रपाबाट उम्मेदवार सिफारिस लक्ष्मी गुरुङ भन्छ्न्: जनतालाई झुटो आश्वास बाँड्दिन, गर्नुपर्ने धेरै छ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ। उम्मेदवार छनौट प्रक्रिया पार्टीको आन्तरिक गतिविधिमा पर्ने भन्दै गुरुङ भने नियमित रुपमा जनतासँग नजिक हुन गाउँगाउँमा खटिएका छन्। राप्रपाले केन्द्रबाट उम्मेदवारको नाम सिफारिस गर्दै गर्दा जनतामा राप्रपाप्रतिको मोह जगाउने अभियानका क्रममा इलामको शान्तिडाँडा...
इलाम २ मा राप्रपाबाट उम्मेदवार बने लक्ष्मी गुरुङ
इलाम २ मा राप्रपाबाट उम्मेदवार बने लक्ष्मी गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। आज पार्टी मुख्यालय धुम्बाराहीमा भएको संसदीय बोर्डको बैठकले राप्रपाका नेता लक्ष्मी गुरुङलाई इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो। 
बाक्लियो प्रचण्ड-देउवा भेट, राष्ट्रिय मुद्दामा समान धारणा बनाउन पहल
बाक्लियो प्रचण्ड-देउवा भेट, राष्ट्रिय मुद्दामा समान धारणा बनाउन पहल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न देउवा आज बिहान साढे १० बजे बालुवाटार पुगेका थिए। देउवालाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्दामा समान धारणा बनाउने प्रस्तावसहित छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
गगन थापाले सुरु गरे स्थगित भएको संवाद यात्रा 
गगन थापाले सुरु गरे स्थगित भएको संवाद यात्रा  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको संवाद यात्रालाई फेरि सुरु गरेका छन्। आज बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले संवाद यात्रा सुरु गरेका हुन्। यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो।
‘सामाजिक सद्भाव विथोलिने देखेर ६८ बुँदे निर्देशन’
‘सामाजिक सद्भाव विथोलिने देखेर ६८ बुँदे निर्देशन’ गृह मन्त्रालयले देशका विभिन्न भागमा साम्प्रदायिक सद्भाव विथोल्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोग भएको निष्कर्षमा पुगेपछि ६८ बुँदे निर्देशन जारी गरिएको स्पष्ट पारेको छ।गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै गृहको निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लक्षित नभएको स्पष्टीकरण दिए।
एमाले कास्कीमा बैनबहादुर क्षेत्री विजयी
एमाले कास्कीमा बैनबहादुर क्षेत्री विजयी अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो। दश प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ।
बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित
बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित बिहीबार भोलि दिउँसो बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन्।
Weather Update