बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं— बिहीबार भोलि दिउँसो बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन्।
राष्ट्रिय सभाको आगामी बैठक शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।
यसअघि बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बैठक आह्वान गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १८:५०