News Griha :: न्यूजगृह
इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ।

प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन्।

नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। 

‘इलाम २ का लागि प्राइमरी इलेक्सनको सूचीमा राखिएकालाई बोलाएर छलफल गरेका थियौँ’, रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलपछि मिलन लिम्बूलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ।’

लिम्बूले नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका थिए। 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:१०
Weather Update