‘भारतीय ट्रक नेपालमा निर्वाध गुड्न पाउने, नेपाली किन छिर्न नपाउने ?’आइतबार, चैत १८, २०८०

सडक दुर्घटना न्यूनीकरण, किसानका समस्याका विषयमा सदनबाट सरकारको खबरदारी आइतबार, चैत १८, २०८० प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परेकालगायत समसामयिक विषय उठाएका छन्।आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गरे। पछिल्लो समय सडक दुर्घटना...

संसद्मा प्रश्न— जीबी राई खोई, कहिले पक्राउ पर्छन् ? आइतबार, चैत १८, २०८० जारी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद सीता मिजारले जीबी राई खोई भन्दै प्रश्न गरेकी छन्। बैठकमा आफ्नो धारणा राख्नेक्रममा उनले भनिन्, ‘गृहमन्त्रीले तत्काल जीबी राईलाई पक्राउ गर्छु भन्नुभएको थियो। जीबी राई खोई, कहिले पक्राउ गर्नुहुन्छ? कहिले कारबाहीको दायरामा ल्याउनुहुन्छ?’

‘प्रधानमन्त्रीले न्यायाधीशजस्तो भएर दिएको जवाफ हामीलाई मान्य छैन’ आइतबार, चैत १८, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सञ्जयकुमार गौतमलाई संक्षिप्त कुरा राख्न समय दिए।सदनमा आफ्नो धारणा राख्दै गौतमले सदनको गरिमा बुझेको भए पनि किन आफ्नो आवाजलाई सरकारले नसुनेको भन्दै प्रश्न गरे। उनले सहकारी ठगीको विषय हिजो पनि उठेको बताउँदै उनले वर्तमान सरकारमा रहेकाले...
-1711857115.jpg)
संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु आइतबार, चैत १८, २०८० संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकसहित रिक्त संवैधानिक पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्। दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक परिषद्को बैठक बसेको हो। बैठकअघि प्रधानमन्त्री दाहालले शनिबार बेलुका विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श...

संवैधानिक परिषद्को बैठक आज, संसद्को गतिरोध अन्त्य गर्ने प्रयास आइतबार, चैत १८, २०८० संवैधानिक परिषदको बैठक आजलाई बोलाइएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ९ बजेलाई परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।

सभामुखको स्वीट्जरल्याण्ड भ्रमणले १० दिन स्थगित प्रतिनिधि सभा बैठक आज आइतबार, चैत १८, २०८० प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।प्रमुख दलका सचेतकसहित स्वीट्जरल्याण्ड जान सभामुखले १० दिन प्रतिनिधि सभा बैठक स्थगित गरेका थिए। सभामुख नेतृत्वको टोली अन्तर-व्यवस्थापिका सङ्घ (आईपीयू) को १४८ औँ महासभामा भाग लिन जेनेभा गएका थिए।१० दिन पछि हुने आजको बैठकमा सभामुखले...

शान्ति प्रक्रिया टुंग्याउन प्रचण्ड, देउवा र ओली सकारात्मक शनिबार, चैत १७, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको...

बागमती सरकारमा एमाले सहभागी, एक वर्षपछि अर्थमै फर्किए थपलिया शनिबार, चैत १७, २०८० नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन्।

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने शनिबार, चैत १७, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताएका छन्।शनिबार इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभामा उनले भने, 'रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ,...

एमालेले हार्न मिल्दैन : ओली शनिबार, चैत १७, २०८० एमाले अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेले आफूविरुद्धको खतरनाक गठबन्धनका कारण पराजयको सामना गर्नुपरेको उल्लेख गर्दै आसन्न उपनिर्वाचनमा सुखद परिणाम ल्याउने दाबी गरेका छन्। शनिबार एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयेजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उनले गत निर्वाचनमा सबै दल एकातिर र केही नेताले पार्टी...

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता शनिबार, चैत १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो।

पशुपति शमशेरको भविष्यवाणी: ‘वर्तमान गठबन्धनको आयु चारमहिना’ शनिबार, चैत १७, २०८० शनिबार महाराजगञ्जमा पत्रकारहरूसँग अनौपचारिक संवाद गर्दा नेता राणाले वर्तमान प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै तर एमाले र माओवादी सहितको सत्ता गठबन्धन भने धेरै लामो समय चल्नेमा आफूलाई विश्वास नलागेको बताए। ठट्यौली शैलीमा हाँस्दै राणाले भने, ‘बढीमा चार महिना!’