News Griha :: न्यूजगृह
एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

काठमाडौं —  इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ। एमालेका तर्फबाट नेता दिवंगत सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन्।

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित १२ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

नेता शिवमाया तुम्बाहाङफे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी थिए।   

suhang_nembang_illam-1712399735.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:५४
Weather Update