News Griha :: न्यूजगृह
रास्वपा उम्मेदवार मिलन लिम्बूले दर्ता गराए मनोनयन
फाइल तस्बिर।

काठमाडौं — इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मनोनयनपत्र दर्ता गराएका छन्।

रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बूले मनोनयन पत्र दर्ता गराएका हुन्। 

रास्वपाका उम्मेदवार लिम्बूअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन्। मनोनयन दर्तापछि मन्त्री समेत रहेका रास्वपा उपसभापति अर्यालले अन्य पार्टीलाई गाली गलौच नगरी आफ्नो पार्टीलाई मात्र चिनाउने काम गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि मनोनयन पत्र दर्ता गराएका छन्। उनको मनोनयन दर्ता गराउन जाने टोलीमा संघीय सांसद विना लामा पनि सहभागी थिइन्।

शनिबार नै स्वतन्त्र उम्मेदवार मनोज निरौला, नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना मगरको मनोनयन पनि दर्ता भएको छ। 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:४५
Weather Update