बझाङ प्रदेश सभा उपनिर्वाचन: ९ जनाको उम्मेदवारी दर्ता, एकजना अझै लाइनमा

काठमाडौं — आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १० जनाको उम्मेदवारी दर्ता भएको छ।
साँझ ५ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ।
राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टको उम्मेदवारी दर्ता प्रक्रियामा रहेको छ।
प्रकाशित मिति: शनिबार, चैत २४, २०८० १७:२८