News Griha :: न्यूजगृह
संसद्मा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न सभापति देउवाले बोलाए बैठक

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा रहेका पूर्व र वर्तमान पदाधिकारीको संयुक्त बैठक बोलाएका छन्। बैठक बिहान ८ बजे देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

संसद्मा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

संसद् बैठक चैत २७ गते (मंगलबार) बोलाइएको छ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ।

यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद् बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए। 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०७:००
Weather Update