News Griha :: न्यूजगृह
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एमाले, माओवादी र जसपाका मन्त्रीले लिए शपथ 

बुटवल —  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेचरनसमक्ष मुख्यमन्त्री महरा र अन्य तीन जना विनाविभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन्।

मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दीपेन्द्र पुन मगर र जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिरलाई शपथ ग्रहण गराए।

उनीहरूको जिम्मेवारी तोकिएको छैन। मुख्यमन्त्रीले आइतबार नै दाङको देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन्।

मुख्यमन्त्री महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन छ।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:१५
Weather Update