स्थापना दिवसमा रास्वपाले चियापान गर्नेआइतबार, जेठ २७, २०८१

मधेसका मुख्यमन्त्री सिंहले थपे दुई मन्त्री आइतबार, जेठ २७, २०८१ जनमतको भागमा परेका दुई मन्त्रालयमा दुईजना मन्त्री उनले नियुक्त गरेका हुन्। सिरहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई मन्त्री नियुक्त गरिएको छ। साहलाई वन तथा वातावरणमन्त्री बनाइएको छ। बिनाविभागीय रहेकी रञ्जु मण्डल खंगलाई उक्त मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

एमाले जोगाउन संसद् विघटन गरे भन्ने ओलीको अभिव्यक्ति सामान्य होइनः भुसाल आइतबार, जेठ २७, २०८१ पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन्।

विकास निर्माणमा उपभोक्ता समिति हटाउने तयारीमा मधेस प्रदेश सरकार आइतबार, जेठ २७, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका छन्।

विश्वासको मतका लागि एमालेलाई गण्डकीका मुख्यमन्त्री पाण्डेको पत्र आइतबार, जेठ २७, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतका लागि प्रदेशसभाकाे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजेका छन्। सोमबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदैछन्। अन्य दलको साथ नपाएमा संकटमा रहेका पाण्डेले आज एमालेलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेका हुन्।
-1717929797.jpg)
नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड आइतबार, जेठ २७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको प्रतिनिधिमण्डलको टोली भारतको नयाँ दिल्ली पुगेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए। प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको टोलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन्।
-1717758427.jpg)
कांग्रेस नेतामाथि लगाएको आरोपबारे गृहमन्त्री लामिछाने भन्छन्– मैले कसैको नाम तोकेको छैन आइतबार, जेठ २७, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुमाथि लगाएको आरोपबारे प्रतिक्रिया दिएका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूले कसैको नाम नलिइ सञ्चार माध्ययमा आएका कुरा मात्रै संसद्बाट पढेर सुनाएको बताए।सहकारी ठगी प्रकरणमा कांग्रेसले संसद्मा निरन्तर अवरोध गरेपछि त्यसको जवाफ दिन रोस्टम पुगेका...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई आइतबार, जेठ २७, २०८१ सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान आइतबार, जेठ २७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा आइतबार, जेठ २७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। प्रचण्ड–ओलीबीचको भेटमा प्रधानन्त्रीको भारत भ्रमणका विषयमा छलफल भइरहेको छ। आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदैछन्। तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी...

प्रतिनिधि सभा बैठक २ दिनका लागि स्थगित आइतबार, जेठ २७, २०८१ प्रतिनिधि सभाको बैठक २ दिनका लागि स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको हो। सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जनाएको छ।

भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण आज, प्रधानमन्त्री प्रचण्ड दिल्ली उड्दै आइतबार, जेठ २७, २०८१ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गङ्गा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन्।

प्रतिनिधि सभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल आइतबार, जेठ २७, २०८१ प्रतिनिधि सभाको बैठकमा आजदेखि ६ दिन लगातार बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल हुने भएको छ। जेठ ३२ गतेसम्म ६ दिन लगातार बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत शीर्षकमा छलफल सक्ने कार्यतालिका रहेको छ।