मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।
प्रधानमन्त्री प्रचण्डको बिदाइका लागि सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री, उच्च पदस्थ कर्मचारी विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्डसँग साँझ नै भेटवार्ता गर्ने छन्। प्रचण्ड भोलि स्वदेश फर्किनेछन्।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१ १३:४४