भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई शनिबार, जेठ २६, २०८१

भोलिदेखि संसद्मा मन्त्रालयगत बजेटमाथि छलफल हुने शनिबार, जेठ २६, २०८१ प्रतिनिधि सभा बैठकमा आइतबारदेखि विभिन्न मन्त्रालयका बजेट शीर्षकहरू माथि छलफल हुने भएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भोलि वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विनियोजन गरिएको बजेटमाथि छलफल हुन लागेको हो।

ओलीको दाबी– संसद् विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ शनिबार, जेठ २६, २०८१ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको प्रसङ्ग फेरि उठाएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौँ अधिवेशनमा ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको बताए।

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको झलनाथको आरोप शनिबार, जेठ २६, २०८१ एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिबारदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताए।

एमालेको ६३ जिल्लामा अधिवेशन सकियो शनिबार, जेठ २६, २०८१ एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने शनिबार, जेठ २६, २०८१ प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। ‘प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ,’ स्रोतले भन्यो।

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउँछन्?, यस्तो छ अंकगणित शनिबार, जेठ २६, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी सोमबार विश्वासको मत लिँदै छन्। शुक्रबार विश्वासको मत लिने सम्बन्धी पत्र प्रदेश सभा सचिवालयमा दर्तासमेत भइसकेको छ।गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

नेपाली कांग्रेस ०८४ सम्म प्रतिपक्ष मै रहने शनिबार, जेठ २६, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन्।नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– ३ वडा कार्यसमितिले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन्।

गण्डकीमा कांग्रेसले माग्यो राप्रपासँग सहयोग शुक्रबार, जेठ २५, २०८१ नेपाली कांग्रेसले गण्डकी प्रदेशमा राप्रपाको समर्थन मागेको छ। सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फर्किएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आगामी सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

सहकारी बचत ठगीसम्बन्धी संसदीय छानबिन समितिले कार्यदल सदस्यसँग सुझाव लिने शुक्रबार, जेठ २५, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कार्यादेश बनाउन गठित कार्यदलका सदस्यहरूसँग सुझाव लिने भएको छ।समितिको दोस्रोपटक बसेको शुक्रबारको बैठकले कार्यदलमा रहेका सदस्यहरूसँग असार २ मा छलफल गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीसँग मेयर्स फोरमको छलफल, बालेन गएनन्, सुनितालाई पठाए शुक्रबार, जेठ २५, २०८१ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो।

सहकारी बचत ठगीसम्बन्धी संसदीय छानबिन समितिको बैठक जारी शुक्रबार, जेठ २५, २०८१ सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ। संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो।

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने शुक्रबार, जेठ २५, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशबाट गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले जेठ २८ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन्। उनले प्रदेश सभाबाट विश्वासको मत लिइसकेपछि मात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट...