News Griha :: न्यूजगृह
भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई  

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन्। 

शीतल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो भारत जाँदैछन्।

मोदीको शपथ साँझ हुनेछ। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने छन्। प्रचण्डसँगै उनकी छोरी गङ्गा र कानुनमन्त्री पदम गिरीसमेत भारत भ्रमणमा जाँदैछन्।   

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २०:२८
Weather Update