News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउँछन्?, यस्तो छ अंकगणित 

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी सोमबार विश्वासको मत लिँदै छन्। शुक्रबार विश्वासको मत लिने सम्बन्धी पत्र प्रदेश सभा सचिवालयमा दर्तासमेत भइसकेको छ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरूको समर्थन आवश्यक पर्छ। तर, कांग्रेससँग २७ सांसद मात्रै छन्। कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्र दीपक मनाङेको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिदैन।

कांग्रेसले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रदेश सभा सदस्यमा विजयी भएका डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाको समर्थन पाउने झिनो आशामा छ। यद्यपि, उनको गणना माओवादीमै हुन्छ। 

गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद छन्। यदि पाण्डेले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन हुनेछ। 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १२:२७
Weather Update