News Griha :: न्यूजगृह
मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय बिहान १० बजेसम्म, दलहरू छलफलमा 
मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय बिहान १० बजेसम्म, दलहरू छलफलमा  मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय शुक्रबार बिहान सकिँदै छ। प्रदेश सभामा विश्वासको मत नपाई मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेपछि प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्। सरकार गठनका लागि बिहान १० बजेसम्मको समय दिइएको हो। 
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
११ देशका राजदूत फिर्ता
११ देशका राजदूत फिर्ता मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। यी देशमा कांग्रेस–माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्‍यो प्रधानमन्त्रीको भारत भ्रमण 
मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्‍यो प्रधानमन्त्रीको भारत भ्रमण  बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो। मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरूका अनुसार मोदीले आइतबार साँझ ६ बजे शपथ लिँदै छन्।
सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित
सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
मन्त्रिपरिषद् बैठक जारी 
मन्त्रिपरिषद् बैठक जारी  मन्त्रिपरिषद् बैठक बसेको छ। केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको हो। सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। आजको बैठकमा केही देशका राजदूतहरुलाई बोलाउने विषयमा छलफल हुनसक्ने बताइएको छ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव संसद्बाट पारित
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव संसद्बाट पारित आज बसेको प्रतिनिधिसभा बैठकले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ प्रस्ताव पारित गरेको छ। 
केही ऐन संशोधनका लागि एकैपटक १० मन्त्रालय छलफलमा
केही ऐन संशोधनका लागि एकैपटक १० मन्त्रालय छलफलमा केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलाइएको छ। बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेर सो विषयमा छलफल गरेको हो। कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको बताए।छिट्टै छलफल सकेर विधेयकलाई टुंगोमा...
सभामुखले संसदीय प्रक्रिया भुलेपछि एउटै सम्झौता २ पटक पारित 
सभामुखले संसदीय प्रक्रिया भुलेपछि एउटै सम्झौता २ पटक पारित  बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संसदीय प्रक्रियाबारे सभामुख देवराज घिमिरे झुक्किएका छन्।  बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस गर्ने कार्यसूची रहेको थियो। सोही सम्झौतासम्बन्धी प्रस्ताव पेस गर्ने विषयमा सभामुख झुक्किएपछि उक्त सम्झौता २ पटक पारित गर्नुपर्ने अवस्था निर्माण भयो। 
मधेसः गाउँपालिकामा हारेका सतिशलाई जनमतमा लागेपछि फापेको राजनीति  
मधेसः गाउँपालिकामा हारेका सतिशलाई जनमतमा लागेपछि फापेको राजनीति   मधेस प्रदेशको मुख्यमन्त्रीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश सभा सदस्य सतिशकुमार सिंहलाई अघि सारेको छ। निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि मधेसमा नयाँ सरकार गठनको तयारी भएको छ। यसैबीच जनमतले सतिशलाई मुख्यमन्त्रीमा अघि सारेको हो। जनमतको संसदीय दलका नेता महेशकुमार यादव भए...
मोदीले दिए शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्ताे
मोदीले दिए शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्ताे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन्। नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन्।
गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती– गिरीबन्धुको फाइल खोल्ने आँट छ? 
गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती– गिरीबन्धुको फाइल खोल्ने आँट छ?  प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गिरीबन्धुको जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले एमालेले गिरीबन्धुको जग्गा प्रकरणमा कांग्रेसको हात रहेको आरोप लगाएको भन्दै उक्त फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिएका हुन्। 
Weather Update