सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दैबुधबार, जेठ २३, २०८१

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज बुधबार, जेठ २३, २०८१ कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम बुधबार प्रदेश सभामा पेस गर्ने गर्दैछ।बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ।

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता बुधबार, जेठ २३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
-1715075666.jpg)
आज तीन वटा संसदीय समितिको बैठक बस्दै बुधबार, जेठ २३, २०८१ जसअन्तर्गत बुधबार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ। बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीहरूको बारेमा छलफल हुनेछ।

आज विश्वासको मत लिने तयारीमा मधेस प्रदेशका मुख्यमन्त्री यादव बुधबार, जेठ २३, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार पाँचौ पटक विश्वासको मत लिन लागेका हुन्।पछिल्लोपटक सत्ता गठबन्धन मध्येका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने बुधबार, जेठ २३, २०८१ प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।

बुधबार विश्वासको मत लिने तयारीमा मधेस प्रदेशका मुख्यमन्त्री यादव मंगलबार, जेठ २२, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाचौँ पटक विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार डेढ वर्षको अवधिमा पाचौँ पटक विश्वासको मत लिन लागेका हुन्।

एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो मंगलबार, जेठ २२, २०८१ मधेस प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ।मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।

संसद्मा सुहाङको पहिलो सम्बोधन, के भने? मंगलबार, जेठ २२, २०८१ मंगलबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सुहाङले सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा केही भावुक देखिएका सुहाङले अझैपनि आफूलाई स्वर्गीय बाबु सुवासचन्द्रलाई सदनको कुनै कुनामा देखिरहेको बताए। नेम्वाङको निधनपछि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएर उनले जित हासिल गरेका थिए।
-1717492437.jpg)
संसद्मा अर्थमन्त्री नभएपछि उपसभामुखसँग लिङ्देनको सवालजवाफ मंगलबार, जेठ २२, २०८१ प्रतिनिधि सभामा आइतबारदेखि बजेटमाथिको छलफल जारी रहेको छ। मंगलबारको छलफलमा अर्थमन्त्री वर्षमान पुन नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अर्थमन्त्री नभइ आफ्ना कुरा नराख्ने अडान लिएपछि बैठक नै स्थगित हुन पुग्यो।

मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सरकारको ध्यानाकर्षण मंगलबार, जेठ २२, २०८१ सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन्।
-1717483666.jpg)
कांग्रेसप्रति कटाक्ष गर्दै योगेशको प्रश्न– ०४६ पछिका सबै प्रकरणमा छानबिन गर्न तयार हो? मंगलबार, जेठ २२, २०८१ नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले २०४६ पछिका सबै काण्डहरुबारे छानबिन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर आफ्ना पार्टी अध्यक्षमाथि खनिएको भन्दै सो कुरा बताएका हुन्।

भ्रष्टाचार मुद्दा लागेका राप्रपा सांसदको निलम्बन फुकुवा मंगलबार, जेठ २२, २०८१ लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ। प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराए।