सांसदको आक्रोशः मन्त्रालयमा खानेपानी र बिजुली बन्द गरियोस् बिहीबार, जेठ २४, २०८१
-1717649188.jpg)
मधेसको मुख्यमन्त्रीमा जनमतले सतिशकुमार सिंहलाई अघि बढाउने बिहीबार, जेठ २४, २०८१ मधेस प्रदेशमा जनमत पार्टीले मुख्यमन्त्रीका लागि प्रदेश सभा सदस्य शतिसकुमार सिंहलाई अघि बढाउने भएको छ। पार्टीभित्रको आन्तरिक छलफलपछि आफूलाई मुख्यमन्त्रीको रुपमा अघि बढाउने निर्णय भएको सिंहले न्यूजगृहलाई जानकारी दिए। मधेस प्रदेशमा जनमतका तर्फबाट संसदीय दलका नेता भने महेशप्रसाद यादव रहे पनि मुख्यमन्त्रीमा सिंहलाई अघि बढाउन लागिएको हो।

प्रचण्ड र नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, के भयो कुराकानी? बिहीबार, जेठ २४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। भारतमा निर्वाचन सम्पन्न भई अन्तिम परिणामसमेत सार्वजनिक भएपछि दुई देशका प्रधानमन्त्रीबीच वार्ता भएको हो। निर्वाचन परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा सबैभन्दा ठूलो दल बनेको छ भने भाजपा नेतृत्वको गठबन्धन एनडीएको सरकार निरन्तर रहने लगभग...

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान बिहीबार, जेठ २४, २०८१ मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। देश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्।

मुख्यमन्त्री यादवले विश्वासको मत नपाएपछि मधेसमा ढल्यो जसपा नेपालको सरकार बुधबार, जेठ २३, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन्।बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपाल नेतृत्वको सरकार पनि ढलेको हो।

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छः गृहमन्त्री लामिछाने बुधबार, जेठ २३, २०८१ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको बताएका छन्।काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कयौँपटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताएका हुन्।

विश्वासको मतका लागि मुख्यमन्त्री यादवले राखे प्रस्ताव, सदनमा छलफल हुँदै बुधबार, जेठ २३, २०८१ बुधबार बसेको प्रदेश सभाको दोस्रो बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनको प्रस्तावमा सभामुख रामचन्द्र मण्डलले छलफल सुरु गरेका छन् ।

सहकारी ठगी प्रकरणः छानबिन समितिको पहिलो बैठकमा के भयो निर्णय? बुधबार, जेठ २३, २०८१ सहकारी ठगी प्रकरणका विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेको छ। बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख देवराज घिमिरेसहित समितिका संयोजक र सदस्यहरु उपस्थित रहेका थिए। आजको बैठकमा सभामुखसँग समितिका सदस्यहरुको परिचयात्मक कार्यक्रम भएको र छानिबन समितिको सचिवालय बनेको रास्वपाका सांसद एवं समितिका...

आजै विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादव तयार बुधबार, जेठ २३, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आजै विश्वासको मत लिने तयार भएका छन्। आज विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो। तर मुख्यमन्त्री यादवले भने आफू बिरामी रहेको भन्दै आगामी जेठ २८ गते सययसम्म समय सार्न सभामुखलाई आग्रह गरेका थिए। तर सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव अस्वीकार गरेपछि आजै विश्वासको...

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार बुधबार, जेठ २३, २०८१ सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तय गरेको छ। अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले आज उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो। मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ।

मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै रातिदेखि पदमुक्त हुने बुधबार, जेठ २३, २०८१ विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राति १२ बजेपछि स्वतः पदमुक्त हुने भएका छन्। मुख्यमन्त्री पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा छन्।मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ठ्याक्कै...

बजेटको प्रभावकारी कार्यान्वयनमा सांसदहरूको जोड बुधबार, जेठ २३, २०८१ प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताए।प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट व्यवस्था गरिएको’, ‘बजेट व्यवस्था गरिनेछ’ भन्ने शब्द राखेर नागरिकलाई झुक्याउने काम गरिएको उनको भनाइ थियो।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आगामी सोमबार विश्वासको मत लिने बुधबार, जेठ २३, २०८१ मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ मा मात्र विश्वासको मत लिने भएका छन्।बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ मा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन्।