News Griha :: न्यूजगृह
विश्वासको मतका लागि मुख्यमन्त्री यादवले राखे प्रस्ताव, सदनमा छलफल हुँदै

जनकपुरधाम— मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौं पटक विश्वासको मत लिन लागेका छन्। 

बुधबार बसेको प्रदेश सभाको दोस्रो बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनको प्रस्तावमा सभामुख रामचन्द्र मण्डलले छलफल सुरु गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादव आज विश्वासको मत लिन लागेका हुन्। उनले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न खोजेका थिए।

तर सभामुख मण्डलले आग्रह अस्वीकार गरेको र उनको दल समेत विभाजन भएकाले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिन बाध्य भएका हुन्।

मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिने बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:०६
Weather Update