News Griha :: न्यूजगृह
मुख्यमन्त्री यादवले विश्वासको मत नपाएपछि मधेसमा ढल्यो जसपा नेपालको सरकार

काठमाडौं—  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन्।

बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपाल नेतृत्वको सरकार पनि ढलेको हो। 

योसँगै जसपा नेपाल ६ वर्षपछि सत्ताबाट बाहिरिएको छ।

सङ्घीयता पछि मधेसमा जसपा नेपालले सरकार चलाउँदै आएको थियो। यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेसको मुख्यमन्त्री रहेका थिए।

त्यसपछि जसपा नेपालबाटै यादवले मधेस सरकारको नेतृत्व गरेका थिए। तर बुधबार उनले विश्वासको मत नपाएपछि जसपा नेपाल सत्ताविहीन हुन पुगेको हो।   

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २०:४४
Weather Update