News Griha :: न्यूजगृह
सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छः गृहमन्त्री लामिछाने

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको बताएका छन्।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कयौँपटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताएका हुन्।

गृहमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको उल्लेख गरे। उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने बताए।

उनले भने, ‘मेरो त भाग्य नै यस्तै छ। जुन विषयका लागि आफू लडेको हुन्छु। त्यसैको आरोप खेप्नुपर्छ। नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो। जबकि जीवनभर त्यसैको पक्षमा लडिरहेँ। सहकारी पीडितहरूका लागि कयौं रिपोर्टहरू बनाइयो, कतिका लागि लडियो।कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो। अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ। मेरो भाग्य यस्तै छ। ठीकै छ, मेरो भाग्यसँग लड्दै गरौँला। तर त्यो भन्दा ठूलो त तपाईंको अधिकार लागि म लड्नुछ। म त्यसमा स्पष्ट छु।’

उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २०:२९
Weather Update