News Griha :: न्यूजगृह
प्रचण्डलाई भेट्न ओली र देउवा बालुवाटारमा
प्रचण्डलाई भेट्न ओली र देउवा बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। केहीबेरअघि बालुवाटार पुगेका ओली र देउवासँग प्रचण्डको छलफल जारी रहेको बताइएको छ। 
बालुवाटारमा प्रचण्ड र माधव नेपालबीच भेटघाट, के भयो कुराकानी? 
बालुवाटारमा प्रचण्ड र माधव नेपालबीच भेटघाट, के भयो कुराकानी?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ। सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटमा समसामयिक राजनीतिक विषय साथै मधेस र सुदूरपश्चिम प्रदेशको सरकारका विषयमा छलफल भएको छ। 
ओलीप्रति बालेनको कटाक्ष– गिरीबन्धुको कर्तुत लुकाउन अरु काण्ड ल्याएर जनता नझुक्याउनुस् 
ओलीप्रति बालेनको कटाक्ष– गिरीबन्धुको कर्तुत लुकाउन अरु काण्ड ल्याएर जनता नझुक्याउनुस्  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति  खनिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले ओली जोडिएको झापास्थित गिरीबन्धु टी–स्टेटको जग्गाको विषय लुकाउन विभिन्न काण्डहरु बाहिर ल्याएको भन्दै कटाक्ष गरेका हुन्। करोडौँको चलखेल हुने उक्त जग्गा प्रकरणबारे ओली नेतृत्वको सरकारले गरेको जग्गा साटफेर...
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज 
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज  कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। 
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा 
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा  मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्‘ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। 
स्थानीय जनप्रतिनिधिले गरे अर्थमन्त्रालय घेराउ, सरकारलाई ७ दिने अल्टिमेटम 
स्थानीय जनप्रतिनिधिले गरे अर्थमन्त्रालय घेराउ, सरकारलाई ७ दिने अल्टिमेटम  वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै नेपाल नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका संघ आन्दोलित भएका छन्। यही जेठ १७ गतेदेखि आन्दोलन गर्न लागेका स्थानीय तहका जनप्रतिनिधिहरुले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गर्दै अनुदान कटौती सच्याउन सात दिनको अल्टिमेटम दिएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने...
बूढानिलकण्ठ बैठकबारे माधव नेपाल भन्छन्– छलफल गर्न पाउनुपर्छ, आत्तिनु पर्दैन 
बूढानिलकण्ठ बैठकबारे माधव नेपाल भन्छन्– छलफल गर्न पाउनुपर्छ, आत्तिनु पर्दैन  पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बूढानिलकण्ठ बैठकबाट आत्तिइहाल्नु नपर्ने बताएका छन्। आइतबार आगामी महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पार्टी र नेताहरुबीच छलफल हुने सामान्य रहेको बताउँदै त्यसबाट कोही पनि आत्तिइहाल्नु नपर्ने बताए। 
बजेट निर्माणबारे एमालेभित्रै चरम असन्तुष्टि
बजेट निर्माणबारे एमालेभित्रै चरम असन्तुष्टि सत्तारुढ दल नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा सत्तापक्षसँग छलफल नगरिएको गुनासो गरेका छन्। पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा सो कुरा बताएका हुन्। उनले बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए...
रास्वपाले भन्यो– बाँसबारी, गिरीबन्धु र बालमन्दिर लगायत प्रकरणको फाइल खोल्छौँ 
रास्वपाले भन्यो– बाँसबारी, गिरीबन्धु र बालमन्दिर लगायत प्रकरणको फाइल खोल्छौँ  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्न माग गरेको छ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले बालमन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल पनि खोल्ने बताएका हुन्। 
संसद्मा उठ्यो अमेरिकाले सन्दीपलाई भिसा नदिएको विषय
संसद्मा उठ्यो अमेरिकाले सन्दीपलाई भिसा नदिएको विषय आईसीसी टी–२० विश्वकप खेल्न जान अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोबारे संसद्मा कुरा उठेको छ।  आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गरेका छन्। 
Weather Update