कहिले बन्छ मधेस प्रदेशमा नयाँ सरकार? आइतबार, जेठ २०, २०८१
-1717312158.jpg)
कांग्रेसको आक्रोशः गृहमन्त्रीको गैर जिम्मेवारीपनको हिसाबकिताब प्रधानमन्त्रीसँग हुन्छ आइतबार, जेठ २०, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय ‘डाइभर्ट’ गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन्।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन समेत आग्रह गरेका छन्।

रविप्रति रामहरिको कटाक्षः गृहमन्त्रालय चलाउन मिडिया चलाएजस्तो सजिलो नसोच्नुस् आइतबार, जेठ २०, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति कटाक्ष गरेका छन्। गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने र मापसे लगायत अन्य ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा खटाइने निर्णय गरेका थिए।

महाधिवेशनको अन्तिम तयारीमा जुट्यो एकीकृत समाजवादी आइतबार, जेठ २०, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ। महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन्।

संसद्मा आजदेखि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल आइतबार, जेठ २०, २०८१ आजको प्रतिनिधिसभा बैठकमा जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ।

ओलीको टिप्पणी : मेयर बालेनको व्यवहार असभ्य शनिबार, जेठ १९, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन्।शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

ओलीको असन्तुष्टि: बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो शनिबार, जेठ १९, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन्। शनिबार बसेको एमालेको संसदीय दलको बैठकमा ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

एमाले संसदीय दलको बैठक बस्दै शनिबार, जेठ १९, २०८१ नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिले आइतबारदेखि काम थाल्ने शनिबार, जेठ १९, २०८१ सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ।सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको छ।

मन्त्रिपरिषद्ले केके निर्णय गर्यो ? शुक्रबार, जेठ १८, २०८१ सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको खोजी गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो।
-1717153628.jpg)
सिंहदरबारमा प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता शुक्रबार, जेठ १८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तीन नेताबीच भेटघाट भएको हो। बुधबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा विपक्षी दलका नेताहरुसँग भेट गरेका थिए। उक्त भेटपछि सत्ता गठबन्धनमा...

बजेटका सकारात्मक पक्ष अघि सारेर ‘डिफेन्स’ मा उत्रिन सांसदलाई प्रचण्डको निर्देशन शुक्रबार, जेठ १८, २०८१ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमाथिको छलफलमा बजेटको सकारात्मक विषयवस्तुलाई प्राथमिकतामा राखेर ‘डिफेन्स’ गर्न निर्देशन छन्। शुक्रबार पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्ना सांसदहरुलाई सो निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

माओवादी केन्द्रको बैठकमा माधव नेपालको चर्चा शुक्रबार, जेठ १८, २०८१ माओवादी केन्द्रको संसदीय दलको बैठकमा सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबारे चर्चा भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको विषयमा चर्चा भएको हो। नेपाल बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पुगेर विपक्षी दलका नेताहरुको बैठकमा सहभागी...