अभिलेख संरक्षणसम्बन्धी विधेयक पारितशुक्रबार, जेठ १८, २०८१
-1717141926.jpg)
गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त शुक्रबार, जेठ १८, २०८१ गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन्। देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए।
-1717131741.jpg)
मधेस आन्दोलनमा ढलेको गिरिजाप्रसाद कोइरालाको सालिक फेरि ठडियो शुक्रबार, जेठ १८, २०८१ वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ।
-1715075666.jpg)
यी चार संसदीय समितिको बैठक आज शुक्रबार, जेठ १८, २०८१ संघीय संसद्का चारवटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

मधेसमा जनमतको नेतृत्वमा सरकार बन्ने, एमाले र माओवादीले सहयोग गर्ने बिहीबार, जेठ १७, २०८१ मधेस प्रदेशमा ३ दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए।

यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार, जेठ १७, २०८१ सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायब महान्यायाधिवक्ता नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो।

राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनी भ्रमणमा जाँदै बिहीबार, जेठ १७, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड भ्रमणमा जाने भएका छन्।जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्।

जनताको निम्ति हामी फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री बिहीबार, जेठ १७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्। बिहीवार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताए।

एसिड पीडित सांसद कंसाकारले ११ वर्षसम्म पनि पाइनन् क्षतिपूर्ति बिहीबार, जेठ १७, २०८१ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एसिड पीडित सांसद विन्दवासिनी कंसाकारले अदालतको फैसला बमोबिजम पाउनुपर्ने रकमको प्रक्रिया फाइल आगाडि बढेको बताएका छन्।
-1717054499.jpg)
संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित, यस्तो छ व्यवस्था बिहीबार, जेठ १७, २०८१ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतले पारित गरेको हो।
माधव नेपाल विपक्षी दलको बैठकमा गएकोबारे के भन्छन् प्रचण्ड? बिहीबार, जेठ १७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन्। बुधबार पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको विपक्षी दलको बैठकमा सहभागि भएका थिए। मधेस प्रदेश सरकार गठनको विषयमा देउवा निवास बूढानिलकण्ठमा नेपाल समेत पुग्नुलाई अर्थपूर्ण...

देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा माधव नेपाल पनि सहभागी बुधबार, जेठ १६, २०८१ देउवाले समसामयिक राजनीतिका साथै मधेस प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका थिए। देउवा निवासमा बसेको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए।
-1716984796.jpg)
ओली भन्छन्– एमालेलाई चुनावमा महिलाहरुले जोगाए बुधबार, जेठ १६, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले बेपत्ता रहेको भन्दै व्यंग्य गरेका छन्। काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताए।