गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले लिए शपथ बुधबार, जेठ १६, २०८१
-1716973776.jpg)
गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले पनि आजै शपथ लिने बुधबार, जेठ १६, २०८१ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केहीबेरमा शपथ लिँदैछन्। आजै मुख्यमन्त्री नियुक्त भएका पाण्डेसँगै कांग्रेसबाट २ मन्त्रीले समेत शपथ लिन लागेका हुन्। पाण्डेको सचिवालयका एक सदस्यले न्यूजगृहलाई दिएको जानकारी अनुसार पार्टी संसदीय दलका उपनेता विन्दुकुमार थापा र प्रदेश सभा सदस्य डा.टेकराज गुरुङ मन्त्री बन्न लागेका हुन्।

उपेन्द्र, महन्थ र माधव नेपाललाई देउवाले बोलाए बूढानीलकण्ठ बुधबार, जेठ १६, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ दलका नेतालाई छलफलका लागि बोलाएएका छन्।
-1716973776.jpg)
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त बुधबार, जेठ १६, २०८१ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीलाई पदमुक्त गर्दै सर्वोच्चले पाण्डेलाई ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

बजेट निर्माणबारे अर्थमन्त्रीको अनुभवः म राति ३ बजे घर गएँ, अर्थसचिव म्याट्रेसमा सुत्नुभयो बुधबार, जेठ १६, २०८१ अर्थमन्त्री वर्षमान पुनले बजेटबारे प्रमुख प्रतिपक्षी दल, उद्योगी व्यवसायी लगायत सबैबाट सकारात्मक प्रतिक्रिया आएको बताएका छन्।मंगलबार संसद्मा बजेट प्रस्तुत गरेका अर्थमन्त्री पुनले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट निर्माणको दौरानका अनुभवनहरु सुनाउँदै सो कुरा बताएका हुन्। बजेट निर्माणका बेला आफू लगायत सचिवहरु र अन्य कर्मचारीहरु मन्त्रालयमा नै बसेको बताए।

गण्डकी प्रदेशः सर्वोच्चको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुग्यो बुधबार, जेठ १६, २०८१ गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेको शपथग्रहणको तयारी गरिएको छ। सर्वोच्च अदालतले यसअघिका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चको पत्र केहीबेरअघि प्राप्त भएको र शपथग्रहणको तयारी गरिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले न्यूजगृहलाई जानकारी दिए।...

एमाले राष्ट्रिय महिला भेला आजदेखि बुधबार, जेठ १६, २०८१ नेकपा एमालेले आजदेखि ‘राष्ट्रिय महिला भेला’ को आयोजना गर्दै छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिएका छन्।

एमाले चितवनको अध्यक्षमा कमल पाठक निर्वाचित बुधबार, जेठ १६, २०८१ आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका हुन्।
गण्डकीमा आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने बुधबार, जेठ १६, २०८१ सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। न्यायाधीश कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

सहकारी प्रकरणमा रविको नाम तोक्नै पर्ने अडानमा रहेको कांग्रेस कसरी भयो 'ब्याक'? मंगलबार, जेठ १५, २०८१ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा जसले गैरकानुनी रुपमा रकम लिएको छानबिन गरी उसमाथि कारबाहीको सिफारिस गर्ने भनेर स्पष्ट उल्लेख भएकाले गृहमन्त्री रवि लामिछानेको नाम नराखिएको बताएका छन्।

‘सडेगलेको व्यवस्था स्वीकार्ने की बदल्न अगाडि बढ्ने?’ मंगलबार, जेठ १५, २०८१ जनमत पार्टीका अध्यक्ष सीके राउतले वर्तमान व्यवस्था सडेगलेको व्यवस्था भइसकेको भन्दै स्वीकार गर्न नसकिने टिप्पणी गरेका छन्। जनमत पार्टीको आह्वानमा मंगलबार आयोजित ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारबाट अपेक्षित काम नभएको उल्लेख गर्दै आफूहरू चुप लागेर नबस्ने बताएका हुन्।
-1716891394.jpg)
जेठ २० गतेसम्म प्रतिनिधि सभा स्थगित, २३ गते अर्थमन्त्रीले जवाफ दिने मंगलबार, जेठ १५, २०८१ मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथि आगामी जेठ २०, २१ र २२ गते सामान्य छलफल गर्ने र जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने समय तोकेका छन्।

अफताव आलम ‘निर्दोष’ रहेको कांग्रेस नेताहरूको दाबी, रिहाइका लागि दबाब सिर्जना गर्ने मंगलबार, जेठ १५, २०८१ सचिव रामचन्द्र गिरीले पूर्वमन्त्री आलमसहितका मानिसलाई बिनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएको बताउँदै रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले बृहत् जनसभाको आयोजना गरिएको बताए। ‘निर्दोष’ आलमलाई देशीविदेशी शक्तिको दबाबमा कारागारमा राखिएको दाबी गर्दै बिनाप्रमाण आलमविरुद्ध गरिएको अन्यायपूर्ण फैसलालाई पुनर्विचार गर्नुपर्ने सचिव गिरीले बताए।