जेठ २० गतेसम्म प्रतिनिधि सभा स्थगित, २३ गते अर्थमन्त्रीले जवाफ दिने
-1716891394.jpg)
काठमाडौं— अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति (बजेट) संसद्मा टेबल गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथि आगामी जेठ २०, २१ र २२ गते सामान्य छलफल गर्ने र जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने समय तोकेका छन्।
ती बैठकमा दलीय प्रतिनिधित्वका आधारमा छलफल गराइने भएको छ । जेठ २० गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १९:५५