गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले पनि आजै शपथ लिने
-1716973776.jpg)
काठमाडौं— गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केहीबेरमा शपथ लिँदैछन्।
आजै मुख्यमन्त्री नियुक्त भएका पाण्डेसँगै कांग्रेसबाट २ मन्त्रीले समेत शपथ लिन लागेका हुन्।
पाण्डेको सचिवालयका एक सदस्यले न्यूजगृहलाई दिएको जानकारी अनुसार पार्टी संसदीय दलका उपनेता विन्दुकुमार थापा र प्रदेश सभा सदस्य टकराज गुरुङ मन्त्री बन्न लागेका हुन्।
उनका अनुसार मन्त्रालय भने अहिले टुंगिएको छैन।
सर्वोच्च अदालतले सोमबार यसअघिका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश दिएको थियो। त्यससँगै पाण्डेलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १७:२६