
काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ दलका नेतालाई छलफलका लागि बोलाएएका छन्।
देउवाले मधेसवादी दलका नेतासहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छलफलका लागि बोलाएका हुन्।
बुधबार साँझ ५ बजे छलफलका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यावदलाई छलफलका लागि बोलाएका हुन्।
मधेस प्रदेश सरकार लगायत पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि बैठक बोलाइएको बूढानीलकण्ठ स्रोतले जनाएको छ।
मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ।
कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धन बाहेकको सरकार बन्ने सम्भावना रहेको छ। त्यससँगै देउवाले नेताहरुसँग छलफल गर्न लागेका हुन्।
बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।