News Griha :: न्यूजगृह
गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

पोखरा— गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ। 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन्। देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए।

देवकोटाले दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका छन्। हाल उनी ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ मा आवद्ध छन्। 

नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला मुख्यमन्त्री बनेका पाण्डेले मुख्यमन्त्रीको शपथ लिएलगत्तै देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन्।

देवकोटाले बिहीबार नै मुख्यमन्त्री पाण्डेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:३७
Weather Update