एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं— नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसद्मा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ।
पछिल्लो समय सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ ।
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१ १०:५०