News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका बिहान ११ बजे बैठक बस्नेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि पनि छलफल हुनेछ।

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०७:२०
Weather Update