मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा

काठमाडौं— मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्‘ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
उक्त विधेयकमाथि अब राष्ट्रिय सभा बैठकमा छलफल सुरु हुने भएको हो। मन्त्री शर्माले विधेयकमा नेपालको संविधानमा उल्लेख गरिएको समावेशिता लाई विशेष ख्याल गरिएको, महिला र प्रदेशगत सहभागितालाई सुनिश्चित गरेको बताइन्।
विगतमा पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाले स्वीकृत गरेको स्मरण गर्दै उनले तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै विधेयक शून्यमा पुगेको उनले बताइन्।
आम सञ्चार नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि यस विधेयकले महत्त्वपूर्ण योगदान दिने उनको भनाइ थियो।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१ १९:२९