News Griha :: न्यूजगृह
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज 

विराटनगर— कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।  

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए।

प्रदेश प्रमुख खापुङ्गले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन्।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:२०
Weather Update