प्रचण्डलाई भेट्न ओली र देउवा बालुवाटारमा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।
केहीबेरअघि बालुवाटार पुगेका ओली र देउवासँग प्रचण्डको छलफल जारी रहेको बताइएको छ।
जारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको विषयमा छलफल भइरहेको छ।
यसअघि आजै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समेत प्रचण्डसँगै भेट गरेका थिए।
अहिले संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भइरहेको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफल चलिरहेका बेला तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ ११:४३