News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

दाङ— लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ। 

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। 

प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताए। 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०६:४६
Weather Update