News Griha :: न्यूजगृह
बालुवाटारमा प्रचण्ड र माधव नेपालबीच भेटघाट, के भयो कुराकानी? 
फाइल तस्बिर

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ। 

सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। 

भेटमा समसामयिक राजनीतिक विषय साथै मधेस र सुदूरपश्चिम प्रदेशको सरकारका विषयमा छलफल भएको छ। 

मधेस प्रदेशमा एमाले माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट बाहिर बोलाएर केन्द्रीय गठबन्धन अनुसारको सरकार बनाउने तयारी गरेका छन्। तर एकीकृत समाजवादी भने मधेस प्रदेश सरकारबाट बाहिरिएको छैन। आज बस्ने एकीकृत समाजवादीको सचिवालय बैठकले निर्णय गरी मधेस प्रदेशबाट आफ्नो पार्टीलाई फिर्ता बोलाइ  नयाँ सरकार गठनमा सघाउने तयारी रहेको छ। 

यसअघि नै जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। यादवले भोलि विश्वासको मत लिने र नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:०३
Weather Update