मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय बिहान १० बजेसम्म, दलहरू छलफलमा

काठमाडौं— मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय शुक्रबार बिहान सकिँदै छ।
प्रदेश सभामा विश्वासको मत नपाई मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेपछि प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्। सरकार गठनका लागि बिहान १० बजेसम्मको समय दिइएको हो।
यसैबीच ६ दलीय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेका हुन्।
६ दलीय गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको छ। जनमतले सांसद सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।
६ वटै दलको बैठकले बिहान ७ बजे सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१ ०७:०३