News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठक जारी 

काठमाडौं— मन्त्रिपरिषद् बैठक बसेको छ। 

केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको हो। 

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। आजको बैठकमा केही देशका राजदूतहरुलाई बोलाउने विषयमा छलफल हुनसक्ने बताइएको छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा समेत छलफल हुनेसक्नेछ। 

भारतको हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रियामा रहेको छ। नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने र शपथग्रहण समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री चण्डलाई समेत बोलाइएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा समेत आजको बैठकमा छलफल हुने बताइएको छ। 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:११
Weather Update