मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्यो प्रधानमन्त्रीको भारत भ्रमण

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण स्वीकृत भएको छ।
बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो।
प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन्। मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डलाई निमन्त्रणा पठाएका थिए।
मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरूका अनुसार मोदीले आइतबार साँझ ६ बजे शपथ लिँदै छन्।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ १९:०४