-1717667649.jpg)
काठमाडौं— केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलाइएको छ।
बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेर सो विषयमा छलफल गरेको हो।
कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको बताए।
छिट्टै छलफल सकेर विधेयकलाई टुंगोमा पुर्याउने गरी काममा जुटेको उनको भनाइ छ।
उनले भने, ‘हामी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौँ। जुन जुन मन्त्रालयसँग सम्बन्धित विधेयकसँग छलफल जुट्न सकेको छैन। त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीज्युहरु र प्रतिनिधिरुलाई बोलाएर छलफल गरिरहेको छौँ। १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले हामी मन्त्रालयसँग बसेर छलफलमा छौँ। छिट्टै छलफल टुंग्याएर विधेयकलाई हामी टुंगोमा पुर्याउने काममा जुटेका हौँ।’
मन्त्री गिरीले श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री शक्ति बस्नेतसँग छलफल गरेका हुन् । आज नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग पनि छलफल गर्ने बताए ।