News Griha :: न्यूजगृह
११ देशका राजदूत फिर्ता

काठमाडौं— सरकारले ११ देशका राजदूत फिर्ता बोलाएको छ। 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

यी देशमा कांग्रेस–माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए।

भारतमा डा शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन्। 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १९:१२
Weather Update