कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

काठमाडौं— सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलको टोलीसहित केहीबेरअघि भारत प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।
तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका मोदीले आज साँझ शपथ लिँदैछन्।
प्रधानमन्त्री प्रचण्ड भोलि नेपाल फर्किँने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१ १३:५६