News Griha :: न्यूजगृह
एमाले जोगाउन संसद् विघटन गरे भन्ने ओलीको अभिव्यक्ति सामान्य होइनः भुसाल 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा कालीन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन्। 

पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन्।

उनले भने, ‘एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद् विघटन गरेर एमाले जोगाएँ भनेका छन्। यो सामान्य कुरा होइन। कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद् विघटन गर्ने कुरा सामान्य होइन  उहाँले पार्टी जोगाउन संसद्, प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ।’  

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १९:०७
Weather Update