News Griha :: न्यूजगृह
नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको प्रतिनिधिमण्डलको टोली भारतको नयाँ दिल्ली पुगेको छ। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए। 

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको टोलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।

तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले आजै साँझ पद तथा गोपनियताको शपथग्रहण गर्नेछन्। त्यसपछि मोदीलगायत भाजपाका शीर्ष नेताहरुसँग समेत प्रचण्डको भेट्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री प्रचण्ड सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वर्तमान सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई दिइएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:२३
Weather Update