प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचीमंगलबार, जेठ २९, २०८१

राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै मंगलबार, जेठ २९, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन्।अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

नेसपाको दाबीः ‘गण्डकीमा फ्लोर क्रस गरेका होइनौँ, संविधानसम्मत नै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हौँ’ सोमबार, जेठ २८, २०८१ नेपाल समाजवादी पार्टी (नेसपा)ले गण्डकी प्रदेश सरकारलाई कानुन बमोजिम नै विश्वासको मत दिएको बताएको छ। केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको मत संविधानसम्मत भएको बताएका हुन्।

गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटालाई माओवादीले कारबाही गर्ने सोमबार, जेठ २८, २०८१ पार्टीले ह्वीप जारी गरिसकेको अवस्थामा उनले फ्लोर क्रस गरेकाले स्वाभाविकरूपमा कारबाही हुने उनको भनाइ छ।दुईदिने भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग देवकोटाले संविधान र कानुनको मर्मविपरीत फ्लोर क्रस गरेको बताए।

राजदूतलाई फिर्ता बोलाउँदा ध्यान नपुगेकै हो: प्रधानमन्त्री सोमबार, जेठ २८, २०८१ ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो। र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो। मैले धन्यवाद पनि भनेर आएको छु। यो त्यही बेला पर्नु संयोग हो। त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो,’ उनले भने।

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो सोमबार, जेठ २८, २०८१ पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वः नियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो।

भारतबाट फर्किए प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २८, २०८१ प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्यहरू लगायतले स्वागत गरे।

गण्डकीमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, यी हुन् सम्भावित मन्त्री सोमबार, जेठ २८, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले फणीन्द्र देवकोटा, दीपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन्।पाण्डेलाई विश्वासको मत दिन देवकोटाले फ्लोर क्रस गरेका थिए। उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन्।

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले लिए शपथ सोमबार, जेठ २८, २०८१ सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले स्वतन्त्र प्रदेशसभा सदस्य डा ताराप्रसाद जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेका थिए।

सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल सोमबार, जेठ २८, २०८१ मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउँदै मन्त्रिपरिषद्को विस्तार गरेका हुन्। सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई बिना विभागीय मन्त्री बनाएका छन्। त्यस्तै माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अक्कल...

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, विपक्षमा २८ मत सोमबार, जेठ २८, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले ३१ मतसहित विश्वासको मत प्राप्त गरेका हुन्। उनलाई उनको दल नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फणीन्द्र...
-1718012995.jpg)
गण्डकीमा फ्लोर क्रस, देवकोटाले दिए पाण्डेलाई मत सोमबार, जेठ २८, २०८१ उनले फ्लोर क्रस गरेपछि केहीबेर प्रदेशसभामा एमाले र माओवादी सांसदले नाराबाजीसमेत गरे।
-1716878091.jpg)
राष्ट्रपति पौडेल भोलि जेनेभा जाने, यस्तो छ भ्रमण तालिका सोमबार, जेठ २८, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार (भोलि) स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।