News Griha :: न्यूजगृह
गण्डकीमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, यी हुन् सम्भावित मन्त्री 

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले फणीन्द्र देवकोटा, दीपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन्।

पाण्डेलाई विश्वासको मत दिन देवकोटाले फ्लोर क्रस गरेका थिए। उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन्।

त्यसैगरी यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ। पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन लागेका हुन् ।

यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका मनाङले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए। उनी पनि मन्त्री बन्दैछन्।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:२८
Weather Update