News Griha :: न्यूजगृह
भारतबाट फर्किए प्रधानमन्त्री प्रचण्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारत भ्रमणबारे पत्रकारलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्ड।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। 

pm-return-from-india-1-1718026708.jpg
प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै सभामुख देवराज घिमिरे। 

प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए।

pm-return-from-india-2-1718026708.jpg
प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्यहरू लगायतले स्वागत गरे।

pm-return-from-india-1718026708.jpg
प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल। 

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गरेका थिए।

pm-on-red-carpet-1718028741.jpg

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १९:२०
Weather Update