News Griha :: न्यूजगृह
सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले लिए शपथ 

धनगढी— सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले स्वतन्त्र प्रदेशसभा सदस्य डा ताराप्रसाद जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेका थिए।

सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए। तर, स्वतन्त्र सांसद जोशीले मन्त्री पद अस्वीकार गरेका थिए।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए।

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:१५
Weather Update