राजदूतलाई फिर्ता बोलाउँदा ध्यान नपुगेकै हो: प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको स्वीकारेका छन्।
सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्। उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गरे। उनले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको बताए।
‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो। र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो। मैले धन्यवाद पनि भनेर आएको छु। यो त्यही बेला पर्नु संयोग हो। त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो,’ उनले भने।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ २०:५९